१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लक्ष्मी पूजा गर्ने क्रममा लूगामा आगो सल्किँदा एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा लूगामा आगो सल्किँदा एकजानाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली मनोरम पार्क नजिकै सोही स्थान बस्ने वर्ष ८३ की सावित्रीदेवी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ। घरको दोस्रो तल्लाको पूजा कोठामा लक्ष्मी पुजा गर्ने क्रममा आइतवार साँंझ अचानक आफैँले लगाएको लूगामा आगो सल्किँदा उनको मृत्यु भएको बताइएको छ।

आगो लागेपछि आत्तिएर उनी बैठक कोठाको भुइमा लडेको प्रहरीले जनाएको छ। उनका श्रीमान गुरुप्रसाद दाहालले बेहोस श्रीमतिलाई बचाउन पानीले आगो निभाउन खोजेपनि सावित्रीदेवीको घटनास्थलमै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतसमेतको टोली परिचालन गरी प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।  

हाल उनको शव पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट भक्तपुरमा राखिएको छ। 

प्रकाशित: २७ कार्तिक २०८० ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App