२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बालबालिकाको मुद्दालाई प्राथमिकता दिन आग्रह

बालबालिकाको मुद्दालाई मिडियाले प्राथमिकता दिई प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्। आजका बालबालिकालाई सचेत र संगठित बनाए मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित समाचारले स्पेश पाउनुपर्ने बताए।  

आमसञ्चारमाध्यममा बालबालिकाको संवेदनशिलताका विषयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत समाचारदाताहरुसँगको आज शुक्रबार राजधानीमा भएको अन्तरक्रियामा सहभागी बाल अभियन्ता तारक धितालले आशा गरेजस्तो रुपमा नेपाली मिडियामा बालबालिकाको मुद्दा समेटन नसकेको पाइएको बताए। यसका लागि सवैले आआफनो ठाउँंबाट भूमिका खेल्नुपर्ने जोड उनको थियो।  

त्रिवि आरआर क्याम्पसका पत्रकारिता विभागका प्राध्यापक डा कुन्दन अर्यालले नेपाली मिडिया अहिले पनि राजनीति केन्द्रित समाचारमा मात्रै सिमित देखिएको बताए। यसो भएसम्म समग्र मिडियाको समृद्धि सम्भब नहुने बताए।  

कार्यक्रम आयोजक चाइल्ड नेपालका मोहन दंगालले बालबालिकाका मुद्दालाई प्राथमिकता दिन सहभागी सवै समाचारदाताहरुसँग अनुरोध गरे।

प्रकाशित: २४ कार्तिक २०८० १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App