७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

ठगी आरोपमा माओवादी नेता पक्राउ

किसानलाई सहुलियतमा कृषि यन्त्र उपलब्ध गराई दिने भन्दै २१ जनाबाट २५ लाख ३७ हजार रुपैयाँ ठगी आरोपमा नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका कमिटी सचिव जयप्रकाश दहित पक्राउ परेका छन्। रञ्जित चौधरी र रघुनाथ चौधरी भने फरार छन्।

भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा

भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि खुला चौरमा सेवा सुरु गरिएको छ। भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्ने स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको वरिष्ठ अनमी कल्पना रोकायको भनाइ छ।

भूकम्पबाट घाइते ३८ जनाको भेरी अस्पतालमा उपचार हुँदै

शुक्रबार राती भूकम्पमा परि घाइते भएका जारकोट र रुकुमका ३८ जनाको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ। घाइतेका आफन्त (कुरुवा)का लागि बस्ने र खाने व्यवस्थापन समेत गरिदिएको अस्पतार विकास समितिका अध्यक्ष बिरेन्द्र शाहको भनाइ छ।

पन्चासे ट्रेल रेसको उपाधि सुनुवार र राईलाई

पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ५५ किलोमिटरको पन्चासे ट्रेल रेसको उपाधि पुरुषतर्फ बेदबहादुर सुनुवार र महिला तर्फ प्रिया राई जित्न सफल भएका छन्।  २३ विदेशी र ७ नेपाली सेनाकाका धावकसहित ८७ जना सहभागि उक्त प्रतियोगितामा सुनुवारले ५ घण्टा ५८ मिनेटमा र राईद्वारा ७ घण्टा १२ मिनेटमा सो दुरी पुरा गरेका छन्।  

भरतपुर महानगरपालिकाद्वारा एक करोड आर्थिक सहयोग

भरतपुर महानगरपालिकाको ८७ औं कार्यापालिकाको निर्णयद्वारा जाजरकोट र रुकुमका भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ। जनप्रतिनिधिको एक महिना, अधिकृतस्तरका कर्मचारीको पाँच दिन, सहायकस्तरका कर्मचारीको तीन दिन, माध्यमिक विद्यालयका शिक्षकको तीन दिन, आधारभूत तहका शिक्षकको दुई दिनको तलबबाट पैसा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाको भनाइ छ।

एक महिनामै ७२ लाख बढी स्रोत नखुलेको रकम बरामद

जिल्ला प्रहरी कार्यालय महोत्तरीले एक महिनामा ७२ लाख बढी स्रोत नखुलेको रकम बरामद गरेको छ। विभिन्न ४ स्थानबाट भदौ महिनामा मात्रै ७२ लाख ९९ हजारसहित नियन्त्रणमा लिएका चार जना नै भारतीय नागरिक रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीको भनाइ छ।

बेपत्ता छोराको खोजी गर्न प्रहरीलाई बुवाको आग्रह

झापाको सुरुङबाट ५१ दिन अघि हराएका ३१ वर्षीय छोरा दीलिप सुवेदीको खोजी कार्य गरिदिन प्रहरीलाई वृद्ध बुवा नेत्रप्रसाद सुवेदीको आग्रह गरेका छन्। विराटनगर महानगरपालिका–४ का दीलिप झापा कन्काई नगरपालिकामा रहेको नेपाल टेलिकमको लेखा अधिकृत तथा निमित्त कार्यायल प्रमुख समेत हुन्।

प्रकाशित: १९ कार्तिक २०८० १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App