३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बारा घटनापछि रौतहट र सर्लाहीमा सुरक्षा सतर्कता बढाइयो

बाराको सदरमुकाम कलैयामा सोमबार भएको गोली काण्डपछि रौतहट र सर्लाहीमा सुरक्षा सतर्कता बढाइएको छ। बाराको घटनाले सुरक्षा चुनौती बढेको देखिएकोले सुरक्षा सतर्कता बढाइएको दुवै जिल्लाका प्रहरी प्रमुखले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले छिमेकी जिल्लामा भएको घटनाले रौतहट प्रहरी पूरै गम्भीर भएको बताएका छन्। साना अवैध हतियार र खुल्ला बोर्डर रौतहटको मुख्य सुरक्षा चुनौतीको रुपमा रहेको बताउँदै एसपी श्रेष्ठले मुख्य गरी बंकुल क्षेत्र र बारा जिल्लासित सिमाना जोडिएको सन्तपुर भएर अवैध साना हतियार आवतजावत गर्न सकिने भएकोले अलिक संवेदनशील बनाएको बताए।

पश्चिममा बाराको सिमानादेखि पूर्वमा बागमती नदीसम्मका सबै युनिटलाई पूर्ण सतर्क गराइसकिएको र शङ्कास्पद मानिसलाई चेकजाँच तथा सवारी र अन्य साधनलाई खानतलासी सुरु गरिसकिएको एसपी श्रेष्ठको दाबी छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण धितालले पहिले पनि सर्लाही सानो हतियारको प्रयोग धेरै हुने जिल्लाको रुपमा परिचित भएकोले मानिसको शरीर चेकजाँच तथा सवारी साधनलाई खानतलासी गर्ने अभियानलाई तीव्रता दिइएको बताए।

बागमतीदेखि पूर्वमा महोत्तरीको सिमानासम्म सबै युनिटहरुलाई पूर्ण सतर्क गराइसकिएको जानकारी दिँदै एसपी धितालले बारा जिल्लामा भएको अहिले अत्यन्त संवेदनशील बनाएको बताए।

प्रकाशित: १३ कार्तिक २०८० १४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App