कालिकोटमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको खाँडा चक्र नगरपालिका –२ का २८ वर्षका सर्जन पाण्डेको भिरबाट लडेर मृत्यु भएको हो।
जिल्लाको पुरानो बसपार्क देखि थामकोट घर जानेक्रममा भिरबाट लडेर ५० मिटर तल खसेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–५ का ६५ वर्षका लाले तिरुवाको पनि लडेर मृत्यु भएको छ।प्रहरीका अनुसार आफ्नै घरको आँगनबाट तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ कार्तिक २०८० ११:३० बुधबार