१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पूर्व राष्ट्रपति भण्डारीद्वारा बडादसैँको शुभकामना व्यक्त

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा शुभकामना दिएकी छन्।

उनले नेपालीहरूको महान् चाड बडादसैँमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।  

शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्व हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएको भन्दै असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका  रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्।  

‘ग्रामीण कृषि समाज र शहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको छ। कृषिबाट क्रमशः अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण  मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन।’ उनको शुभकामना सन्देशमा लेखिएको छ।

प्रकाशित: ५ कार्तिक २०८० ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App