२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

रिगलको आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती वीर अस्पतालमा

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको छ।

बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो। तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा भारती बेहोश भएर ढलेकी थिइन्।

न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन थालेकी छन्। उनी आज २ घण्टा अनसन बसेकी थिइन्।

संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो। भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।

प्रकाशित: १७ आश्विन २०८० ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App