वीरगन्जको बाल सुधार गृहबाट फरार भएका दुई बाल कैदी बन्दीलाई प्रहरीले तीन दिन पछि पुनः पक्राउ गरेको छ।
पर्सा प्रहरीको विशेष सर्च अप्रेसनको टोलीले उनीहरुलाई करिब ४८ घण्टा पछि भारतबाट पक्राउ गरेको हो।
पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले एक बाल कैदीलाई सर्लाहीको बोर्डर र अर्कोलाई सिरहाको सीमाबाट पक्राउ गरिएको जनाए। उनले पक्राउ परेका दुवै जनालाई वीरगन्ज ल्याउन लागिएको बताए।
शुक्रबार बिहान सुधार गृहको छतबाट हाम फालेर उनीहरु भागेका थिए। खाली खुट्टा वीरगन्ज मुख्य भन्सारको बाटो हुँदै ती बाल कैदीबन्दीहरु फरार भएको प्रहरी सिसिटिभी क्यामेरामा देखिएको थियो।
सोही सिसिटिभी क्यामेरामा देखिएपछि प्रहरी अनुसन्धान साँघुरो बन्दै गएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ आश्विन २०८० ०९:१६ आइतबार





-600x400.jpg)