१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

साथीलाई कोठामा बोलाएर सामूहिक बलात्कार !

सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। गत भदौ ३१ गते कलेज पढ्ने साथीहरुको समूहले दुई युवतीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो।

दुई युवतीलाई भोज खान कोठामा बोलाएर सामूहिक बलात्कार गरेको घटना जानकारीमा आएपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न एक आरोपी फरार रहेको प्रहरीले जनाएको छ।

दुई युवतीमाथि सामूहिक बलात्कारको आरोपमा धनुषा जिल्लाको सहिद नगरपालिका ४ मौरिया टोलका अनिकितकुमार यादव र पर्सा जिल्लाको पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जानकारी दिएको छ।

फार्मेसी परीक्षाको दोस्रो वर्षको परीक्षा उत्तीर्ण भएको उपलक्ष्यमा अनिकितकुमार यादवले दुवै युवतीलाई आफ्नो कोठामा भोज खानको लागि बोलाएका थिए। एउटै घरको माथिल्लो तल्लामा भाडामा बसेका युवती द्वय भोज खानको लागि आएपछि यादवले अन्य दुई जना साथीसँग मिलेर कोठामा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख एसपी नरेश राज सुवेदीले बताए।

घटनामा फरार रहेका सर्लाही घर भएका अर्का एक जनाको खोजी भइरहेको एसपी सुवेदीले बताए।

प्रकाशित: १३ आश्विन २०८० १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App