३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली निकालिएको छ । वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो। र्यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए। उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए।

नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको ¥यालीमा सहभागीहरुले बताएका छन्। राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरुले हिन्दु राष्ट्र नै नेपालमा कायम हुनुपर्ने जिकिर समेत गरेका छन्।

प्रकाशित: २३ भाद्र २०८० ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App