२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निजामती सेवा दिवसमा पुरस्कृत हुने यी हुन् १० उत्कृष्ट कर्मचारी

आज निजामती सेवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसको अवसरमा सरकारले कर्मचारीहरूलाई नगदसहित सम्मान समेत गर्न लागेको छ।

मन्त्रीपरिषदले गरेको निर्णय अनुसार सरकारले दिवसको अवसरमा एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने छ। सरकारले यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गर्न सकेको छैन।

एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल रहेका छन्।

पुरस्कृत हुने अन्यको नाम हेरौंः

प्रकाशित: २२ भाद्र २०८० ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App