१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा स्कारपियो दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै गएराति २ बजे दुर्घटना भएको थियो।  

चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्रीकाे घटनास्थलमै निधन भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। दुर्घटनामा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: १७ भाद्र २०८० ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App