१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उद्योग सङ्गठनमा हाट बजार

उद्योग संगठन मोरङमा शनिबार साप्ताहिक हाट बजार लाग्न पुनः सुरु भएको छ। स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुनः साप्ताहिक हाट बजार सुरु गरेको हो। 

उद्योग संगठन मोरङले आफ्नो परिसरमा महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा प्रत्येक शनिबार हाट बजारलाई लगाउन थालिएको छ। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डलले हाट बजारको उद्घाटन गरे। 

स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले साप्ताहिक बजार लगाउन थालेको महिला उद्यम समितिकी संयोजक प्रतिभा रिजाल ओलीले बताइन्। उनले विगतमा पनि संगठनको हाताभित्र साप्ताहिक रुपमा तरकारी हाट बजार लाग्ने गरेको थियो। तर, २०७६ चैतमा कोभिडको महामारीका कारण लाग्दै आएको हाट बजार स्थगित गरिएको थियो। 

मेरो देश, मेरो उत्पादन भन्ने मूल नाराकासाथ स्थानीय आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ हाट बजारलाई पुनः सुरु गरिएको बताउँदै, संयोजक ओलीले भनिन्, ‘घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वासका साथ बजारको थालेका हौँ।’

हाट बजारमा घरायसी प्रयोजनका सामग्री, तरकारी तथा फलफूल, मह, अचार, हस्तकला लगायतका वस्तु राखिएको छ। विशेष गरेर हाट बजारमा अर्गानिक उत्पादनलाई प्राथमिकता दिइएको छ। 

प्रकाशित: १६ भाद्र २०८० १३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App