१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धरानमा शान्ति र सद्भाव र्याली गर्न नपाउँदा विराटनगरमै प्रदर्शन (तस्बीरहरु)

विराटनगरको कञ्चनबारीमा सडकमा प्रदर्शन गर्दै। तस्बीरः चुमन बस्नेत।नागरिक

धरानमा गर्ने भनिएको शान्ति र सद्भाव र्यालीमा जान नपाएपछि प्रर्दशनकारीहरूले विराटनगरको कञ्चनबारीमा सडक जाम गरेका छन्।  

धरानमा आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। जसका कारण धरानमा आयोजना गर्ने भनिएको शान्ति र सद्भाव र्यालीमा सहभागी हुन जानेलाई मोरङ प्रहरीले रोकेको छ। स्वतः स्फुर्त निस्किएकाे प्रदर्शनकारीलाइ प्रहरीले रोक लगाएपछि उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै सडक जाम गरेका हुन्।

उनीहरूले  'गौ हत्या गर्न पाइँदैन', 'गौ हत्या गर्नेलाई कारबाही गर', 'गृहमन्त्री राजीनामा दे' जस्ता नारा लगाएका छन् ।

 

प्रकाशित: ९ भाद्र २०८० ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App