१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रधानमन्त्रीद्वारा बस दुर्घटनाको मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्।  

उनले सामाजिक संजालबाट सवारी दुर्घटनामा परी ज्यान गुमाउने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन्।

उनले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन समेत दिएका छन्।

प्रकाशित: ६ भाद्र २०८० ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App