१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वाग्मतीमा ६ प्रतिशतले बढ्यो अपराध

वाग्मती प्रदेशमा आपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो। वाग्मती प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७८/७९ मा ४ हजार ४ सय ५ वटा आपराधिक मुद्दा दर्ता भएकोमा २०७९/८० मा बढेर ४ हजार ६ सय ७९ वटा पुगेको छ।

२०७८/७९ मा प्रदेशभर कर्तव्य ज्यानसम्बन्धी ५८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ४३ वटा भएको छ। यस्तै ज्यान मार्ने उद्योगसम्बन्धी २०७८/७९ मा ११३ वटा दर्ता हुँदा अघिल्लो आर्थिक वर्षमा ६८ वटा दर्ता भएका छन्।

२०७८/७९ मा सवारी ज्यानसम्बन्धी ३ सय २३ वटा मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्ष २ सय ३६ वटा भएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

उनका अनुसार २०७८/७९ मा प्रदेशमा लागु औषधसम्बन्धी ३ सय ४३ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ३ सय ६३ वटा मुद्दा दर्ता भएको छ। वाग्मती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणी सम्बन्धी मुद्दा २६५ वटा र करणी उद्योगसम्बन्धी ६८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीसम्बन्धी २६४ वटा र करणी उद्योगसम्बन्धी ६३ वटा मुद्दा दर्ता भएको थियो। यता आत्महत्यासम्बन्धी मुद्दा भने बढेको छ। २०७८/७९ मा ९ सय २ वटा आत्महत्याका मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष बढेर ९ सय ४० वटा पुगेको छ। 

प्रकाशित: ३१ श्रावण २०८० ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App