६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गहना लुट्न दुई महिलाको हत्या

रुकुम (पश्चिम) मा ५ वर्षभित्र गहना र पैसा लुट्ने उद्धेश्यले एउटै ब्यक्तिले दुई जनाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

गत बिहिबार मुसिकोट नगरपालिका –१ बस्ने ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा गाउँकै २३ वर्षिया सिर्जना बुढा बोहरा अनुसन्धानपछि पक्राउ परिन्।

पक्राउपछि प्रहरी अनुसन्धानमा २०७५ असार १० गते ४६ वर्षिया आईती बुढाको घरमै हत्या भएको थियो। प्रहरीले अहिलेसम्म पनि हत्यामा संलग्न  पत्ता लगाउन सकेको थिएन्। दुवै हत्याको प्रकृती र उद्देश्य भएपछि अनुसन्धानका क्रममा दुवै हत्याको एउटैले गरेको खुलेको हो। दुवै हत्यामा ढुंगा (लोरो), चौखी (पिर्का) प्रयोग गरेको प्रहरीले जनाएको छ।

बिहिबार राती हस्तकलीलाई सुतेको अवस्थामा ढुङगा (लाैरो) ले कञ्चटमा हानेर हत्या गरेपछि सिर्जनाले मोबाईल, नगद रुर्पैँया र सुनका गहना लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएकी थिइन्। त्यस्तै यसअघि पनि आईती बुढालाई पनि सुरुमा चौखी (पिर्का) ले टाउकोमा प्रहार गरेकी थिइन्। बेहोस अवस्थामै आईतीले प्रतिकार गर्न खोजेपछि सिर्जनाले खाटमुनि रहेको बञ्चरो र बाउसो निकालेर अन्धाधुन्द प्रहार गरेर हत्या गरेको सृजना बुढा बोहोराले वयानमा भनेको प्रहरीले जनाएको छ। हत्या लगत्तै गरगहना लुटेर कोठा बाहिर ताला लगाएर सिर्जना राती नै आफ्नो घर गएकी थिइन्। आईतीको शव दुई दिनपछि मात्र पत्ता लगेको थियो। त्यसयता अनुसन्धान भएपनि हत्यामा संलग्न पत्ता लगाउन सकिएको थिएन्।

गत साउन १८ गते हत्या गरिएकी ५२ वर्षिया हस्तकली बुढाथोकी र २०७५ असार १० गते हत्या गरिएकी ४६ वर्षिया आईती बुढाको हत्या बोहराले नै गरेको अनुसन्धाबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले बताए। बयानका क्रमम बोहराले दुबै जनाको हत्या आफुले गरेको स्विकार गरेको प्रहरीले बतायो। प्रहरीका अनुसार हस्तकली बुढाथोकी र आइती बुढाको हत्या सिर्जनाले नै गरेको आरोपीको बयान, प्राप्त सबुत प्रमाण र अनुसन्धानका विभिन्न चरणबाट खुलेको हो। पाँच वर्ष अघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि अर्को हत्या गरेको बयान आरोपी सिर्जनाले प्रहरी समक्ष दिएकी छिन्।

गत बिहिबार हत्या गरिएकी बुढाथोकीको शुक्रबार राती मात्र घरभित्र शव रहेको पत्ता लागेको थियो। बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा महिला मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो। प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठ अनुसन्धान अधिकृत रहेको प्रहरी टोली र प्रहरी बरिष्ठ नायब निरिक्षक नारायण प्रसाद शर्माको नेतृत्वमा रहेको विशेष प्रहरी टोली घटनाको बिशेष अनुसन्धान गरि हत्यामा संलग्नलाई पत्ता लगाएका हुन्। प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्रव शिर्षकमा मुद्धा दर्ता गरेर अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

त्यस्तै हत्या गरिएका दुबै जनाको गहना ल्याएर सिर्जनाले रुकुम (पश्चिम) कै खंलगा बजारमा रहेका दुई वटा सुनचाँदी पसलमा बिक्रि गरेको समेत प्रहरीले पत्ता लगाएको छ। बिल बिनाका गहना खरिद गरेको र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना सुन व्यवसायी समेतलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारायणी सुन चाँदी पसलका कृष्णबहादुर बिश्वकर्मा र राप्ती सुनचाँदी पसलका शोभा कुमारी सुनार (सोनी) रहेका छन्। र लाई प्रहरीले पक्राउ परेको हो।  

प्रकाशित: ३० श्रावण २०८० १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App