२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोलखा पहिरोका बेपत्ता मध्ये ३ बर्षिय बालकको शव भेटियो (अपडेट)

दोलखाको गौरीशंकर गाउँपालिका ७ स्थित मार्बु गाउँको टोपाटारमा हिजो बेलुकी गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ३ बर्षिय बालक प्रिन्स थामीको शव भेटिएको छ।  

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले वेपत्ता भएका ४ जना मध्ये बालकको शव भेटिएको बताए। ‘अन्य बेपत्ताको खोजी भईरहेको छ’ उनले नागरिकन्युज संग भने।  

धमलाले गम्भीर घाईते रहेका तीन जनाको उद्धारका लागी काठमाडाैंबाट हेलिकप्टर उडिसकेको बताए। प्रिन्सकी आमा सरिता, हजुरबा यत्र र हजुरआमा धनकुमारी गम्भीर घाईते छन्।

प्रकाशित: १९ श्रावण २०८० ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App