१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

खिर खाएर मनाइयो साउने १५

५ औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ।काठमाडौं उपत्यकासहित देशभर खिर खाएर साउन १५ मनाइएको हो।हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ।यस वर्ष पनि काठमाडौँसहित देशभर नै खिर खाएर साउन १५ को परम्परा निभाइएको छ।

खिर दिवसको अवसरमा खिर आयोजक समितिले काठमाडौँको अनामनगरमा खिर खाएर आफन्त, इष्टमित्र, शुभचिन्तक, साथीहरू मिलेर मनाएको छ।वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण खानेकुराका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ।साउन १५ को अवसरमा देशभर नै आज दिनभर खिर खाने, साथीभाइसँग भेटघाट गर्ने गरिन्छ।

प्रकाशित: १५ श्रावण २०८० ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App