२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

बाढी पहिरोले दुई विद्युत गृहमा क्षति, ६१५ घरधुरी अन्धकारमा

फाइल तस्बीर

अविरल वर्षाका कारण शुक्रबार राति आएको बाढी–पहिरोले दुई वटा विद्युत आयोजनामा क्षति पुर्याउँदा हुम्लाको सर्केगाड गाउँपालिकाका तीन गाउँ अन्धकार भएका छन्।  

पहिरोले १८ किलोवाट क्षमताको तातोपानी लघु जलविद्युत आयोजना र १५ किलोवाट क्षमताको रिपगाड लघु जलविद्युत आयोजनाको पावर हाउसमा क्षति पुर्याएपछि ६१५ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो।  

सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं। ३ को उनापानीका रहेका विद्युत गृहमा क्षति पुगेको वडा नं। ३ का अध्यक्ष अकील कार्कीले बताए। ‘बाढी–पहिरोले विद्युत गृहको टर्वाइन, पाइप, नहर र भवनमा पूर्ण क्षति पुर्याएको छ,’ उनले भने, ‘विद्युत सेवा सुचारु हुन धेरै खर्च लाग्ने देखिन्छ।’

पहिरोले उनापानी खोलामा रहेका १० वटा पानी घट्टका साथै तीन सय ८० घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानसँगै ट्याङ्की र पाइपसमेत बगाएको छ। उनापानीखोलामा रहेका ६ वटा तातोपानीका कुण्ड पनि पुरिएको उनले जानकारी दिए।

प्रकाशित: १५ श्रावण २०८० ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App