१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

श्रोत नखुलेको ४८ लाख सहित एक व्यक्ति पक्राउ

कपिलवस्तु नगरपालिका वडा नम्बर-१ स्थित आन्दोलन चोकबाट श्रोत नखुलेको ४८ लाख नगद सहित एक व्यक्ति पक्राउ परेका छन्।

मंगलबार साँझ सवा ६ बजेतिर नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई सो रकम सहित प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा १४ लाख ९८ हजार  हजार १२० रुपैयाँ भारतीय रुपैयाँ र अरू नेपाली रुपैयाँ सहित गुप्ता पक्राउ परेका हुन।

गुप्ताले अवैध भारतीय रुपैयाँको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा छापा हानी प्रहरीले सो अवैध रकम सहित उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका गुप्तालाई सो रकम सहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए। कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ सहित गुप्ता पक्राउ परेका हुन।

प्रकाशित: ९ श्रावण २०८० १६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App