३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

दक्षिण तर्फ सर्याे मनसुनी वायु, आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। अहिले बिहान कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक  देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको  महाशाखाले जनाएकोछ।

त्यस्तै  राती  कोशी , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भने कोशी  र गण्डकी  प्रदेश लगायत देशका तराईका केही  स्थानहरुमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित: २४ असार २०८० ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App