५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चोरी मुद्दाका प्रतिवादी पक्राउ

चोरीमा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ का २४ वर्षीय सलामुदिन अन्सारी जोलाहलाई प्रहरीले आज पक्राउ गरेको हो।२०७८ मंसीर ७ गते चोरी मुद्दामा अदालतले उनलाई कैद सजाय र जरिवाना तोकेको थियो।

 जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा दुई महिना २४ दिन र दश हजार रुपैयाँ कैद जरिवाना सजाय तोकिएको थियो। त्यसपछि उनी फरार थिए। पक्राउ गरेर उनलाई जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित: २२ असार २०८० १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App