२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षा र स्वास्थ्य निःशुल्क गर्न बजेट छैन : बालेन्द्र साह

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहले नेपालमा शिक्षा र स्वास्थ्य सेवा शतप्रतिशत निःशुल्क गर्न बजेटको अभाव रहेको बताएका छन्।

उनले संविधानमा शिक्षा र स्वास्थ्य निःशुल्क हुने व्यवस्था भए पनि त्यसलाई व्यवहारमा लागु गर्न सम्भव नभएको बताएका छन्। उनले झापा ५ का उम्मेदवारसँग अन्तर्क्रियामा भने, ‘देशको संविधानमा फ्री चाँहि लेखिएको छ, तर बजेट छैन। १९ खर्बको बजेटले १० प्रतिशत पैसा हुनेलाई समेत सबै कुरा फ्री गर्ने अवस्था छैन।’ तर शिक्षा र स्वास्थ्य सबै नागरिकको आधारभूत अधिकार भएको भन्दै आर्थिक अवस्था कमजोर भएकाले सेवा नपाउने अवस्था अन्त्य गर्नुपर्नेमा उनको भनाइ छ।

‘खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्छ। पैसा अलिकति धेरै हुनेले व्यापार गर्न पाउनुपर्छ। जोसँग जे छ, त्यही गर्न पाउनुपर्छ,' उनले भने।

शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क बनाउने लक्ष्य तत्काल सम्भव नभए पनि चरणबद्ध रूपमा सबैले शिक्षा र स्वास्थ्य पाउने व्यवस्था बनाउनु पर्ने बताए।

प्रकाशित: २० माघ २०८२ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App