१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्नु कानुन विपरीत: डा. कोइराला

फाइल।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभामुखले सरकार गठनका लागि हस्ताक्षर गरेर समर्थन गर्नु लोकतान्त्रिक संसदीय पद्धतिको विपरीत रहेको बताएका छन्।

बिहीबार फेसबुक पेजमा प्रतिक्रिया सार्वजनिक गर्दै डा कोइरालाले यस्तो स्ट्याटस लेखेका हुन्। प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था छ।

प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन। तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ।

सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो। यदि संसद्मा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ।

प्रकाशित: २१ असार २०८० १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App