१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिला जनप्रतिनिधिमाथि नै जातीय विभेद !

फाइल स्केच

बाँकेका एकजना दलित महिला जनप्रतिनिधिमाथि नै आइतबार साँझ जातीय विभेद भएको छ। बैजनाथ गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य धनकली सुनारमाथि उनका छिमेकी भुवन बुढाले जातीय विभेद गरेको आरोप लागेको छ।

सामान्य घरायसी विवादलाई जोडेर भुवनले जातीय विभेद गरेको दलित महिला सदस्य धनकलीले जनाइन्। ‘मेरो जग्गामा भुवनकी श्रीमती कमलाले धान काँटिरहेकी थिइन्,’ धनकलाले भनिन्, ‘मैले धान नकाट्न अनुरोध गरेँ। तर, उनले मानेनिन्।’ धनकली र कमलाबीच सामान्य विवाद भयो। साँझ कमलाले श्रीमान् भुवनलाई विस्तृतरुपमा घटनाबारे भनेको र पछि भुवन मेरै घरमा पुगेर जातीय अपशब्द तथा अश्लिल शब्द बोलेर अपमानजन व्यवहार गरेको धनकलाले दाबी गरिन्। उनले ईलाका प्रहरी कार्यालयमा जातीय विभेदविरुद्धको जाहेरी दिनेसमेत तयारी गरेकी छिन्। सोमबार प्रक्रिया नपुग्दा उनको जाहेरी दर्ता भएन। भुवन र उनकी श्रीमती कमलाले कमिनी, गाई खाने डुमिनीजस्ता शब्दसहित धेरै अश्लिल गाली गरेको उनको दाबी छ। ‘मेरै घरमा आएर ज्यान मार्ने कोसिस गरिएको छ,’ उनले भनिन्, ‘म र मेरो परिवारमाथि ढुंगामुडासमेत भएको छ।’

उनले यो सिंगो दलित समुदायमाथिको विभेद् भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने बताएकी छिन्। ‘यो मेरो परिवारमाथि मात्रै भएको विभेद होइन। यो सिंगो दलित समुदायमाथि भएको विभेद हो। हामीलाई गाउँमा बस्ने वातावरण नै भएन।  मलाई राज्यले न्याय दिनुपर्छ भनेर कानुनी प्रक्रियामा गएकी छुँ,’ उनले भनिन्। जातीय विभेद गर्दै ज्यानै मार्ने धम्की दिने भुवनसँग आफ्नो कुनै पनि रीस, मनमुटाव केही पनि नभएको र एक्कासी आफूलाई दलित समुदायको भएकै कारण होच्याएर बोलेको उनको आरोप छ। सुनारले आफूले जसरी पनि न्याय पाउनुपर्ने बताउँछिन्। वडा नम्बर १ का वडा अध्यक्ष रुपबहादुर मल्लले वडा सदस्य सुनारमाथि जातीय विभेद भएको भन्ने कुरा आएको बताए।

ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले उक्त घटनासम्बन्धी जानकारी आएको र मुद्दा दर्तापछि अनुसन्धान अगाडि बढाउने बताए। जाहेरी ल्याएर आउँदा जतिबेला पनि उक्त जाहेरी दर्ता हुने उनको भनाइ छ।

प्रकाशित: १९ असार २०८० ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App