१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक साढे १८ घण्टापछि दुई तर्फि सञ्चालनमा

फाइल तस्बिर

पहिरोको कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक साढे १८ घण्टापछि दुई तर्फि नै सञ्चालनमा आएको छ।  

मुग्लिन नजिक तुइन खोलामा आइतबार राती साढे ११ बजे पहिरो खसेर बाटो बन्द भएको थियो।

दिनभर पहिरो पन्छाएपछि साँझ ५ः५५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

पहिरो हटाउन विहान पाँच बजेदेखि दुईवटा एक्साभेटर, दुई वटा लोडर प्रयोग भएको थियो। यसअघि बिहीबार पनि पहिरोले सडक अवरुद्ध भएको थियो। २८ घन्टा लगाएर पहिरो पन्छाइएको थियो भने शुक्रबार साँझदेखि सञ्चालनमा आएको थियो।

शुक्रबार राति सडक सञ्चालनमा आए पनि शनिबार बिहान ३ बजे फेरि पहिरो खसेर अवरुद्ध बनेको थियो।  बिहान केही घन्टा लगाएर पन्छाएको ठाउँमा दिउँसो ढुङ्गा खसेको थियो। दिनभर लगाएर सबै ठाउँको पहिरो पन्छाइएको प्रहरीले जानकारी दिएको छ।

वर्षा शुरू भएसँगै नारायणगढ–मुग्लिन सडकमा पहिरो जाने क्रम पनि शुरू भएको छ। तुईन खोलामा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित: १७ असार २०८० १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App