८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दार्चुलामा मृत चितुवा फेला

दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत अवस्थामा फेला परेको छ।

स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए। खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रकाशित: १७ असार २०८० १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App