२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

बोराकाे झाेला बाेक्ने विपन्न बालबालिकालाई झोला वितरण

बायाँबाट क्रमशः नमुना बालविकास केन्द्रका विद्यार्थी निता रावत फाउण्डेसनले दिएकाे झाेला पाएपछि अहिले र बाेराकाे झाेला बाेकेर स्कुल जाँदै पहिले।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ स्थित नमुना बालविकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। निता रावत फाउण्डेसनको सहयोग तथा पत्रकार ललित विष्टको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो।

गत मंगलबार झोला नहुँदा कट्टाको बोरामा किताब शिर्षकमा प्रकासित भएको समाचार पढेपछि काठमाडौंमा रहेको निता  राउत फाउण्डेसनले यी दलित समूदायका विपन्न बालबालिकाको पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरेको फाउण्डेसनकी अध्यक्ष निता राउतले जानकारी दिन्।  

उनले भनिन्, 'दुर्गम जिल्लाका विपन्न परिवारका बालबालिकालाई आफ्नो जागिरको २० प्रतिसद जम्मा गरेर दुर्गम जिल्लाका विपन्न,गरिव बर्गका विद्यार्थीहरुलाइ झोला वितरण गर्ने गरेको छु।'

झेला नहुदा कट्टाको बोरामा किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता अव यस बाल विकासका बालबालिकालाई टरेको छ । अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ।

विद्यालयमा अध्ययनरत १५ जना बालबालिकालाई झोला वितरण गरिएको छ। झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका  बाल शिक्षक सुमित्रा  बमको विश्वास छ। झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने प्रति उनले आभार प्रकट  गरेकि छन्।  

विद्यालयमा सहभागि ८ जनालाई वितरण गरिएको छ भने बाकी ६ जनालाई पछि वितरण गर्नेगरी हस्तान्तरण गरीएको छ ।  यो फाउण्डेसनले यो भन्दा पहिले देखिनै विभिन्न ठाउँका बालबालिकालाई  सहयोग गर्दै आएको छ।  

बाल विकास केन्द्रका बालबालिकालाई ६ दर्जन कापी, ६ दर्जन कलम पनी वितरण गरीएको छ। पत्रकार ललित विष्टले निशुल्क पुस्तक र कलम वितरण गरेका हुन्। उनीहरुलाई अहिले पनि विभिन्न ठाउँबाट सहयोग जुट्दै छ। गाउँपालिकाले भने बालबालिकाको लागि  केही सहयोग नगरेको स्थानीयको भनाई छ।

प्रकाशित: १३ असार २०८० ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App