१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लुम्बिनीको कक्रहवा नाकाबाट भारत तस्करी गर्न लागिएको पौने दुई करोड बढीको सुनका इटा बरामद

रुपन्देहीको कक्रहवा नाकाबाट शनिबार राती भारत तस्करी हुन लाग्दा बरामद गरीएको सुन र तस्करीमा संलग्न कार।

रुपन्देहीको लुम्बिनी स्थित कक्रहवा नाकाबाट सशस्त्र प्रहरीले भारत तस्करी गर्न लागिएको ठूलो परिमाणको सुन बरामद गरेको छ।

एक रोड ८५ लाख ६५ हजार ३५५ रुपैँया मुल्यको करिब दुइ केजीका दुइ वटा इटा आकारमा रहेको सुन सशस्त्रले बरामद गरेको हो।

शनिबार राती करिब साढे ९ बजेको समयमा भारत तस्करी गर्न लागीएको सो सुन बरामद गरीएको सशस्त्र प्रहरी बल २७ नम्बर गण हे.क्वा भैरहवा रुपन्देहीका सशस्त्र प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए।

एसपी थापाका अनुसार बा १२ च ३८२० नम्बरको मारुती कारमा सुन भारत लैजादै गरेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित कक्रहवा नाकाबाट बरामद गरीएको हो।

सुनसंगै कार चालक दाङ घोराही नगरपालिका वडा नं. १० का हुमानन्द गिरी पक्राउ परेका छन्। एसपी थापाका अनुसार बरामद गरीएको सुनका दुइ वटा इटा मध्ये एउटा एक केजीको र एउटा ९६५.३ ग्रामको रहेको छ। उक्त सुनको मुल्य एक रोड ८५ लाख ६५ हजार ३५५ रुपैँया रहेको बताइएको छ। बरामद गरीएको इटा आकारमा रहेको सुन जस्तो देखिने बस्तुलाई आइतबार भैरहवा भन्सार र शसस्त्र प्रहरी सहित नेपाल सुन चाँदी व्यवसायी संघका प्रतिनिधिको रोहबरमा ल्याव टेष्ट गर्दा  सुन नै भएको पुष्टि भएको शसस्त्र प्रहरी उपरिक्षक थापाले नागरिकलाइ बताए।

रुपन्देहीका सहायक नाकाबाट सुन लगायतका वस्तु तस्करी हुने गरेको सुराकीको आधारमा सशस्त्रले चेकजाँचमा कडाइ गरेको थियो। शनिबार राती कारमा राखेर सुन सीमानाका पार गर्दै गर्दा सीमा सुरक्षा गुल्म डण्डा रुपन्देही मातहतको बिओपी बयरघाटले तस्करीमा संलग्न सहित उक्त परिमाणको सुन बरामद गरेको हो। बरामद सुन सहित कार र चालक गिरीलाइ शसस्त्रले राती नै भैरहवा भन्सार चलान गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको भैरहवा भन्सार र सशस्त्रले जनाएका छन्।  

प्रकाशित: १० असार २०८० ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App