६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्टर चोरीको आरोपमा धनुषाबाट एकजना पक्राउ

धनुषा प्रहरीले ट्याक्टर चोरी गरेको आरोपमा ट्याक्टरसहित एकजनालाई पक्राउ गरेको छ।

पार्किङ गरि राखिएको ट्याक्टर चोरी गरेको आरोपमा बिहीबार धनुषाधाम नगरपालिका-५ का २६ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।

धनौजी गाउँपालिका(३ का फिरोज साहले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ज १त ८६९१ नम्बरको ट्याक्टर बुधबार बिहान चोरी भएको थियो। ट्रयाकटर चोरी भएको सूचना प्राप्त भए लगत्तै धनुषा प्रहरी खोजतलास सुरु गरेपछि धर्मेन्द्रलाई क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरबाट बिहीबार चोरी भएको ट्याक्टरसहित पक्राउ गरिएको हो।

ट्याक्टर चोरीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धर्मेन्द्रमाथि थप अनुसन्धानको जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको प्रहरी जनाएको छ।

प्रकाशित: ७ असार २०८० १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App