३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर आंशिक देखि सामान्य बदली हुने पूर्वानुमान छ। अहिले बिहान कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।  

राति भने कोशी, मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

प्रकाशित: ६ असार २०८० ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App