४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

काम गर्न नपाएका ठेला मजदुरलाई नगर प्रमुखले गरे सहयोग

लगातार खडेरी बढिरहेको र अत्यधिक चर्को घामसँगै भएको उखर माउलो गर्मीले दैनिक ज्यालादारी मजदुरहरुको जीवन अत्यन्त कष्ठकर बन्न पुगेको छ। चर्को घामले काम गर्न नपाएका ठेला मजदुरहरु पेट पाल्न समस्या भएको बताएपछि रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले खाद्यान्न सहयोग गरेका छन्।

अत्यधिक चर्को गर्मीमा काम नपाइने र मुस्किलले काम पाइए गर्न सकिने अवस्था नहुँदा भोकभोकै बस्तुपर्ने अवस्थामा पुगेको ठेला मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको नगर प्रमुख साहले बताएका छन्।

जिल्लामा सेवाको क्षेत्रमा निरन्तर काम गरिरहेको आरडिसि नेपाललाई सहयोगका लागि आग्रह गरिएको र संस्थाले नगर प्रमुखको आग्रहलाई सदरमुकाममा ठेला चलाउनेलाई एक एक बोरा चामल सहयोग गरिएको नगर प्रमुख साहले बताएका छन्।

चामल सहयोग पाएपछि सदरमुकाम गौरका ठेला चलाएर गुजारा गर्ने मजदुरहरुले खुसी व्यक्त गरेका छन्।

प्रकाशित: २ असार २०८० १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App