१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आजबाट मन्त्रालयगत छलफल

फाइल तस्वीर

प्रतिनिधिसभामा बिहीबारदेखि विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल सुरु हुने भएको छ। प्रत्येक मन्त्रालयलाई विभिन्न शीर्षकमा छुट्टाएको बजेटमाथि बिहीबार वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालयको छलफल हुनेछ।

उल्लेखित मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्न चाहने सांसदलाई समय दिइने छ। मन्त्रालयका विभिन्न शीर्षकमा छुट्टाइएको बजेटबारे सांसदहरूले समर्थन विरोध गर्न सक्नेछन्। कुल २५ मन्त्रालयका विभिन्न शीर्षकमाथिकोको बजेटमा छलफल भएपछि बजेट पारित प्रक्रियामा लगिने छ। गत जेठ १५ गते संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २१ देखि २७ गतेसम्म छलफल भएको थियो।

प्रकाशित: ३२ जेष्ठ २०८० ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App