१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी

फाइल तस्बिर

सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आयोजना हुने आध्यात्मिक सम्मेलनको तयारी तीव्र पारिएको छ। जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारीका कामलाई तीव्र पारिएको आयोजक समिति सदस्य एवं खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन्।

भूस्वर्गका नामले परिचित खप्तडलाई सुदूरमा लुकेको स्वर्गका रूपमा पनि परिभाषित गर्ने गरिएको छ। खप्तड क्षेत्रको महिमा र सम्भावना उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको हो। खप्तडलाई सरकारले २०४३ सालमा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरेको थियो।

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्य, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्व चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। बाजुराबाटै सुदूर साहित्य प्रतिष्ठानका कलाकारलाई स्वागतका लागि नृत्य सहीतका सांस्कृतिक झाँकी प्रर्दशनको जिम्मेवारी लिएर तयारी थालिएको धिरेन विकले बताएका छन्।

सम्मेलनको मञ्च व्यवस्थापन, टेन्ट ढुवानी, शौचालय तथा खानेपानी व्यवस्थापनको तयारी करिब सकिएको आयोजकले बताएको छ। खाद्यन्न ढुवानीदेखि कार्यक्रम आयोजना स्टल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्वयं सेवक र खप्तडसँग जोडिएका सबै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी खटिएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिकाले शौचालय निर्माण र खानेपानी निर्माणको जिम्मेवारी लिएको छ। पालिकाबाट अध्यक्ष दिलबहादुर रावतसहितको टोली नै आयोजनाको व्यवस्थापनमा खटिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जैशीले बताएका छन्।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य, संघीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुनेछन्।आध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समितिसमेत गठन गरी काम कारबाही अघि बढाइएको छ। समिति अन्तर्गत कामका सहज पार्नका लागि १२ उपसमिति गठन गरिएका छन्। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ। धार्मिक, आध्यात्मिक र सांस्कृतिक संरक्षण गर्न सम्मेलनको आयोजना हुन लागेको हो।

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्य, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्व चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। बाजुराबाटै सुदूर साहित्य प्रतिष्ठानका कलाकारलाई स्वागतका लागि नृत्य सहीतका सांस्कृतिक झाँकी प्रर्दशनको जिम्मेवारी लिएर तयारी थालिएको धिरेन विकले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन वोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति, तथा स्थानीय तहको आयोजनामा हुन लागेको सम्मेलन सम्पन्न गर्न करिब ३ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

उसोत ‘मानसखण्ड’ पुस्तकमा समेत खप्तडलाई पृथ्वीको सुन्दर ठाउँका रूपमा वर्णन गरिएको छ। ६५ वर्षको उमेरमा खप्तड पुगेका खप्तडबाबाले साधना सोही क्षेत्रमा ५० वर्ष बताएको इतिहास छ। खप्तड आफैंमा अलौकिक देवभूमिको रूपमा परिचित छ।

सुदूरको संभावनाको पहिचान गर्न, धार्मीक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न र पर्यटीय गन्तव्यको प्रमुख केन्द्र बनाएर बडीमालिका, रारा, बुढीनन्दा, मानसरोवरलाई समेत जोडेर लैजाने तयारीका लागि पनि सम्मेलन गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन्। ५ सयभन्दा बढीको सहभागिता हुने विश्वास गरिएको सम्मेलनमा विभिन्न १६ देशका राजदूतसहितका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। सम्मेलनमा सहभागी हुन काठमाडौंबाट हवाई मार्गबाट घनगढी र सडक मार्गबाट डोटीको दिपायल, अछामको चौरपाटी, बझाङको लमैल र बाजुराको लसकेसम्मको यात्रा गर्नुपर्ने हुन्छ। त्यसैगरी दिपायलबाट खप्तडसम्म हेलिकोप्टरको समेत व्यवस्था निजी कम्पनीले गर्ने भएको छ।

खप्तड आध्यात्मिक, धार्मिक र प्राकृतिक बासस्थानको हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण छ। धार्मिक किंवदन्तीका अनुसार पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग गएका थिए। त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, खप्तडबाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ।२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का ९झोती० ले भरिपूर्ण जैविक विविधताको फूलबारी खप्तड सयौं प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १ सय ३० थरिका जडीबुटीले भरिपूर्ण छ।१००८ खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भूमि खप्तडमा खप्तडबाबाले जीवनका करिव ५० वसन्त बिताएका थिए।

काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शनको अध्ययन, अध्यापनपछि गहन साधनाका लागि खप्तड पुगेका खप्तडबाबाले त्यहाँको बसाइका क्रmममा धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, योग विज्ञान, वेदान्त विज्ञान र आत्मज्ञानलगायत कैयौं कृति तयार पारेका थिए।

समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड क्षेत्रमा सदियौंदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दशहरा, जनैपूर्णिमामा हजारौं तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन्। खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ।

प्रकाशित: २१ जेष्ठ २०८० ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App