जिल्ला कारागार कार्यकाल लमजुङबाट फरार रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका ४ दुईपिप्ले बस्ने २७ वर्षीय विनोद बि.क रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ९ घण्टाको अन्तरालमै वेसीशहर नगरपालिकाको चिसापानी जङ्गलबाट पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले बताएको छ।
बिहीबार बिहान साढे एक बजेको समयमा कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल चडेर दुई कैदी फरार भएका थिए। अर्का फरार गोरखा चुम्नुब्री गाउँपालिका ३ का चन्द्रबहादुर गुरुङ भने अझै फरार रहेका छन्। प्रहरीले उनको पनि खोजी कार्य तीव्र पारेको छ।
जिल्ला कारागार प्रमुख जेलर कमलपति अधिकारीका अनुसार प्रहरीको डिटी चेन्ज भएको मैका छोपी दुवै जना भाग्न सफल भएका थिए।
विक जबर्जस्ती करणी र डाँका चोरी मुद्दामा र गुरुङ ठगी मुद्दामा कारागार चलान भएका हुन्।
प्रकाशित: १८ जेष्ठ २०८० ०६:५४ बिहीबार





-600x400.jpg)