७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेममा खटपट परेपछि प्रेमीले गरे प्रेमिका र काकाको हत्या

प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ६ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्। बिहीवार बिहान सवा नौ बजेतिर रुपन्देहीको कंचन गाउपालिका  २ का २२ बर्षिय मोहन थारुले प्रेमिका २२ बर्षिया अन्जीन थारु र उनका काका ७० बर्षिय बम बहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन्।

चक्कु प्रहार पछि दुबै जना गंभीर घाईते भएका थिए। बम बहादुरको ४ नम्बरमा उपचारकोक्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए। चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन्। मोहन र अन्जनी बिच प्रेम सम्बन्ध थियो। दुबै बिच केही बिषयमा बिवाद बढे पछि अन्जीनीले मोहनलाइ बेवास्ता गर्दैै आएकी थिईन्। सोही बिषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगका थिए। घटनाको अनुसंधान र सोधपुछ भईरहेको प्रहरी नायब उपरिक्षक घलले बताए । 

प्रकाशित: १८ जेष्ठ २०८० ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App