८ वैशाख २०८१ शनिबार
समाज

पिक अप दुर्घटना हुँदा चालकको मृत्यु

हिजोराति मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीमा पिक अप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

केराबारी–राजारानी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको खाली को १ ज १७३६ नम्बरको पिक अप गाडी राति १२ बजेतिर दुर्घटनामा भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा परी गाडी चालक केराबारी–२ का २८ वर्षीय मणि राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

घटनास्थलबाट करिब ७० फिट तल चालकको शव फेला परेको थियो। उनको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ। दुर्घटना भएको गाडी सडकबाट करिब ३ सय फिट तल भेटिएको थियो। 

स्थानीयले घटनाको जानकारी प्रहरीलाई आज बिहान दिएका थिए। घटनास्थल पुगेर गरेको प्रारम्भिक अनुसन्धानबाट आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १७ जेष्ठ २०८० १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App