२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँकेका वन हेरालु भन्छन्,‘वन्यजन्तु बढ्दा डर लाग्दैन,खुसी लागेको छ’

‘हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर, पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ’, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको। उमेरले ५६ वर्ष लागेका उनले भने,‘पहिलापहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै नियाँस्रो लाग्थ्यो। तर,अहिले हाम्रो पनि वन हराभरा छ। वन्यजन्तु देख्न पाइन्छ। यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन।’

थारूको भनाइ अनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच/छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हराभरा हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ। बिहानै झिसमिसेमा उठेर वनमा छिरिसक्नुपर्ने उनले बताए। ‘एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ। अलि ढिला ग¥यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्’, उनले भने, ‘घामपानी जे परे पनि समयमै वन छिरिसकेका हुन्छौं हामी वन हेरालुहरू।’

थारूको भनाइ अनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच/छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हराभरा हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ।

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजे मात्र घर फर्कने बताउँछन्। ‘भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउन साँझ ७ बजेसम्म बस्नैपर्छ’, उनले भने, ‘सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११/१२ बजेसम्म वनै बस्नुपर्छ।’

वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउन ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ।

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेलाबेला तालिममा सहभागी हुने गरेको बताए।

घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उनले मासिक १० हजार रुपैयाँ पाउँछन्। उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको १० हजार रुपैयाँले घर चलाउन गाह्रो छ।

वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउन ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ।

‘दश हजारले के नै हुन्छ र? त्यैपनि मैले त आफ्नो जंगल हो भनेर काम गरिरहेको छु’, उनले भने, ‘पैसाभन्दा पनि जंगल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु।’

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि। उनी ४० वर्षको छन्। उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए। ‘वनमा वन्यजन्तुको संख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ’, उनले भने, ‘यो कुराले हामी सबै गाउँले निकै खुसी छौं।’

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए। घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ।

‘महिनाको जम्मा १० हजार रुपैयाँले केही हुँदैन, उमेर छँदै विदेश गएर अरू साथीले झैं टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा। तर,मलाई आफ्नै वनको सुरक्षा गर्नु छ’, उनले भने, ‘पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु। वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन्। उनीहरूको संख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु।’

धनीराम जस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि। उनी ४० वर्षको छन्। उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए।

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा भारत र बाँके राष्ट्रिय निकुञ्जबाट केही वन्यजन्तु आउने गरेको बताए।

 चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवा लगायत रहेका छन्। उनको भनाइ अनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना छन्।

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा भारत र बाँके राष्ट्रिय निकुञ्जबाट केही वन्यजन्तु आउने गरेको बताए।

विसं २०६४ सालदेखि आफैं पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बनेका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन्। मासिक तीन हजार रुपैयाँबाट वनको हेरचाह गर्न थालेका अजोद्धयाको मासिक तलब १५ हजार रुपैयाँ छ। वनको रेखदेख गरेवापत उनले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनी बताउँछन्। २०७०/७१ सालदेखि सो सामुदायिक वनमा जंगली जनावर देखिएका हुन्।

प्रकाशित: १६ जेष्ठ २०८० ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App