काठमाडौं– वरिष्ठ पत्रकार टंक उप्रेतीले ‘पत्रकारिता तथा आमसञ्चार’ विषयमा विद्यावारिधि उपाधि पाएका छन् ।
‘मिडिया एन्ड एथ्निसिटीः रिप्रेजेन्टेसन अफ माइनोरिटिज इन नेपाली टेलिभिजन न्युज’ शीर्षकमा उनले गरेको अनुसन्धानका लागि त्रिविले उनलाई पिएचडी उपाधि प्रदान गरेको हो ।
उप्रेतीले लन्डनबाट आमसञ्चार र त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । उनी नेपाली सञ्चारको प्राज्ञिक र व्यवसायिक दुवै क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
नेपाल टेलिभिजनको कार्यकारी निर्माताका रुपमा कार्यरत उनका सञ्चार अनुसन्धान, नेपाली टेलिभिजनः विकास र बहसलगायत किताब प्रकाशित भएका छन् ।
प्रकाशित: १० चैत्र २०७३ १२:०७ बिहीबार