१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

आज सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ। मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १२ जेष्ठ २०८० ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App