५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय उद्यान महासंघ गठन

देशभरका उद्यान(पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासंघ गठन गरेको छ।

महासंघको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक प्रमुख दुई संस्थाका अध्यक्ष नै क्रमशः अध्यक्ष र महासचिवमा चयन भएका छन्। राष्ट्रिय सम्मेलन आयोजक संस्था बुटवलस्थित मणिमुकुन्दसेन उद्यान परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेल र महासचिवमा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) का अध्यक्ष बेलप्रसाद शर्मा सर्वसम्मतबाट चयन भएका छन्।

नेपालमै पहिलोपटक आयोजना भएको उद्यानको राष्ट्रिय सम्मेलनबाट गठित महासंघको उपाध्यक्षमा रघुनाथ खुलाल (मकवानपुर) र मिना श्रेष्ठ (रुपन्देही) चयन भएका छन्।

देशभरका उद्यान(पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासंघ गठन गरेको छ।

यस्तै सचिवमा लक्ष्मीप्रसाद खनाल (सुनसरी) र कोषाध्यक्षमा सुनिता शर्मा (पाल्पा) चयन भएका छन्।

महासंघको सदस्यमा विष्णुमाया आचार्य, टंक बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन भएका छन्।

सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका एक सय ५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताए।

महासंघको सदस्यमा विष्णुमाया आचार्य, टंक बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन भएका छन्।

मणिमुकुन्दसेन उद्यान बुटवल र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो।  

प्रकाशित: ८ जेष्ठ २०८० ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App