coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दाङमा दुई बस जुध्दा १ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

दाङमा दुई बस ठोक्किंदा एकजनाको मृत्युु भएको छ । पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका ३ फल्कापुर भन्ने स्थानमा दुई बस ठोक्किएका हुन्। लमहीबाट भलुबाङ तर्फ जाँदै गरेको लु२ ख ७८५ नम्बरको बस र बिरगंजबाट तुलसीपुर आउदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किंदा रोल्पा रुन्टिगढी ७ कि शोभा परियारको मृत्यु भएको प्रहरिले जनाएको छ। उनी बिरगंजबाट तुलसिपुर आउन थालेको बसमा सवार थिइन्।

दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन ती मध्ये ११ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यलय लमहीले  जनाएको छ। घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८० ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App