८ वैशाख २०८१ शनिबार
समाज

पाठ्यपुस्तकमा ‘सशस्त्र द्वन्द्व’

कालिकोटको पचालझरना गाउँपालिकाले सशस्त्र द्वन्द्वलाई समेटेर पाठक्रम तयार पारेको छ। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि तयार पारिएको पाठ्यक्रममा १० वर्षे द्वन्द्वका उपलब्धि र पालिकामा त्यसले पारेको प्रभावबारे उल्लेख गरिएको छ।

गाउँपालिका उपाध्यक्ष अल्किना बम ‘बबिता’ले १० वर्षे द्वन्द्वबारे पछिल्लो पुस्तालाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरिएको बताइन्। ‘आधारभूत तहका विद्यार्थीका लागि आठवटा खण्ड समेटेर पाठ्यक्रम तयार पारी लागु गरेका छौं,’ उपाध्यक्ष बमले भनिन्, ‘पाठ्यक्रमभित्र संस्कार र संस्कृति, स्थानीय पेसा, व्यवसाय, पर्यटन र आर्थिक क्रियाकलाप, रैथाने बालीसम्बन्धी जानकारी, जीवनोपयोगी सिप, स्थानीय स्तरमा पाइने जडिबुटी र वन्यजन्तु, विपद् व्यवस्थापन र जनयुद्धका विषय समेटिएका छन्।’

कालिकोटको पचालझरना गाउँपालिकाले सशस्त्र द्वन्द्वलाई समेटेर पाठक्रम तयार पारेको छ। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि तयार पारिएको पाठ्यक्रममा १० वर्षे द्वन्द्वका उपलब्धि र पालिकामा त्यसले पारेको प्रभावबारे उल्लेख गरिएको छ।

पाठ्यक्रमको अन्तिम खण्डमा ‘जनयुद्ध’ शीर्षक राखिएको छ। कक्षा ६ का विद्यार्थीलाई १० वर्षे द्वन्द्वको परिचय र कारण पढाइनेछ। कक्षा ६ का विद्यार्थीलाई नेपालमा १० वर्षसम्म सशस्त्र द्वन्द्व कसरी भयो? किन भयो? द्वन्द्व हुनुका कारण के के हुन्? जस्ता सन्दर्भ पढाइनेछ।

विद्यार्थीलाई द्वन्द्व किन आवश्यक थियो भनेर प्रश्न सोधिनेछ। कक्षा ७ का विद्यार्थीलाई १० वर्षे सशस्त्र द्वन्द्वका उपलब्धि र परिणामबारे पढाइनेछ। पाठ्यक्रममा उद्देश्य र सिकाइ उपलब्धि, विषयको विस्तृतीकरण, शैक्षिक सामग्री, सिकाइ सहजीकरण प्रक्रिया र मूल्यांकन प्रक्रिया राखिएका छन्। ७ कक्षाका विद्यार्थीलाई पढाउने शिक्षकले १० वर्षे सशस्त्र द्वन्द्वमा भएका उपलब्धि बताउने, १० वर्षे सशस्त्र द्वन्द्वलाई चार्ट बनाएर प्रस्ट्याउने र विद्यार्थीलाई १० वर्षे सशस्त्र द्वन्द्वका उपलब्धि भन्न लगाउने उल्लेख छ।

कक्षा ८ का विद्यार्थीलाई १० वर्षे सशस्त्र द्वन्द्वले पालिकामा ल्याएको परिवर्तनबारे पढाइनेछ। ८ कक्षाको पाठ्यक्रममा १० वर्षे द्वन्द्वका परिणाम उल्लेख गर्दै द्वन्द्वमा संलग्न व्यक्तिलाई आमन्त्रण गरेर सिकाइ क्रियाकलापमा सहजीकरण गर्ने उल्लेख छ।

उपाध्यक्ष बमले पाठ्यक्रममा समावेश भएका शीर्षकलाई आधार बनाएर पाठ्यपुस्तक तयार भएको बताइन्। ‘चालु शैक्षिक सत्रमा पाठ्यक्रमअनुसार पढाइ हुन्छ। सशस्त्र द्वन्द्वले ल्याएका सकारात्मक र नकारात्मक प्रभावबारे पढाइनेछ,’ उनले भनिन्, ‘अर्को शैक्षिक सत्रदेखि सशस्त्र द्वन्द्वसम्बन्धी पाठ्यपुस्तक विद्यार्थीका हातहातमा पुर्‍याउँछौं।’

विद्यार्थीलाई द्वन्द्व किन आवश्यक थियो भनेर प्रश्न सोधिनेछ। कक्षा ७ का विद्यार्थीलाई १० वर्षे सशस्त्र द्वन्द्वका उपलब्धि र परिणामबारे पढाइनेछ।

नेपालमा २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र द्वन्द्व २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि टुंगिएको थियो। उपाध्यक्ष बमले सशस्त्र द्वन्द्वबारे पछिल्लो पुस्तालाई जानकारी दिने उद्देश्यले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि यस विषय पढाउन लागिएको बताइन्।

‘पाठ्यपुस्तकमा सशस्त्र द्वन्द्वले पारेका सकारात्मक र नकारात्मक प्रभावसँगै यसले पालिकामा ल्याएको परिवर्तनबारे जानकारी गराउनेछौं,’ उनले भनिन्, ‘नयाँ पुस्तालाई नेपालमा कसरी माओवादी द्वन्द्व सुरु भएको थियो, कसरी अन्त्य भयो, त्यस द्वन्द्वमा कतिले ज्यान गुमाउनुपर्‍यो, कति घाइते भएजस्ता विषय राखेर पाठ्यक्रम तय गरिएको हो।’

नेपालमा २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र द्वन्द्व २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि टुंगिएको थियो।

उनले यस विषय पढाउने शिक्षकलाई प्रशिक्षण दिइने पनि बताइन्। सरकारले हालै सार्वजनिक गरेको सशस्त्र द्वन्द्वमा मारिएकाको सूचीमा कालिकोट तेस्रो स्थानमा छ। यहाँ सशस्त्र द्वन्द्वका क्रममा ४ सय ३३ जना मारिएको सरकारी तथ्यांकमा उल्लेख छ। सशस्त्र द्वन्द्वमा सबैभन्दा धेरै प्रभावित कर्णाली प्रदेश हो। यहाँ २ हजार १६५ जना मारिएका थिए।

प्रकाशित: ३ जेष्ठ २०८० ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App