coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीलाई सुरक्षित बनाउन प्रदेश प्रहरीको विशेष अभियान

कर्णाली प्रदेशभर लागु भएको नागरिक सहजकर्ता प्रहरी परिचालन कार्यक्रममा ब्यानर लगाई दिदैं कर्णाली प्रहरी प्रमुख भिम प्रसाद ढकाल। तस्बिरः गोविन्द केसी/नागरिक

कर्णालीका प्रहरी युनिटहरूमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरुलाई सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी होस् भनेर कर्णालीभर नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ।

कर्णालीका २ सय ४४ वटा स्थायी प्रहरी यूनिटमा एकसाथ लागु हुने गरी नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको हो।

नागरिक सहजकर्ताहरु।

कर्णाली प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी, कर्णाली प्रदेश प्रमुख डिआइजी भिम प्रसाद ढकालले संयुक्त रुपमा नागरिक सहजकर्ता प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेका छन्। 

सोमबारबाट उनीहरुले आफ्नो युनिटबाट काम गर्नेछन्। ‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तर्गत कर्णालीका १० जिल्लाका २ सय ४४ वटा प्रहरी यूनिटमा नागरिक सहजकर्ताले नम्र बोली, वचन र व्यवहारका साथ प्रस्तुत भई नागरिकको समस्याबारे सोध्ने, समस्याबारे सम्बन्धित फाँट वा कर्मचारी वा कार्यालय प्रमुखसम्म स्कर्ट गरी भेट गराउने, सम्बन्धित फाँट वा कार्यालय प्रमुखलाई भेटाएपछि समस्याबारे भनिदिने, सेवा प्रदान गरेको नागरिकको अभिलेख राख्ने समेत कामहरु हुनेछन्।

कर्णालीमा ३ सय ७७ युनिट छन् तर, स्थायी प्रहरी युनिटहरू २ सय ४४ स्थानमा नागरिक सहजकर्ता पहिलो चरणमा लागु गरिएको हो। कर्णाली प्रदेशका १० जिल्लामा एक साथ नागरिक सहजकर्ता प्रहरी परिचालन कार्यक्रम गरिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत नेपाल प्रहरी, प्रदेश कार्यालय, तालिम केन्द्र, प्रदेश ट्राफिक कार्यालय, प्रहरी दंगा, प्रहरी गण, जिल्ला प्रहरी कार्यालयहरु, विपद् व्यवस्थापन गुल्म, प्रहरी विद्यालय, ईलाका तथा चौकी तहसम्मका कम्पाउन्डमा नागरिक सहजकर्ता लेखिएको ब्यानर काँधमा भिरेर प्रहरी नागरिकको सेवामा खटिने जनाइएको छ।

नागरिक सहजकर्ता प्रहरी परिचालनपछि नागरिकले सहज सेवा लिने र कुनै अर्को व्यक्ति वा बिचौलियाको सहयोग लिन नपरोस् भन्ने मुख्य उद्देश्य राखिएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले बताए।

जिल्ला प्रहरी कार्यालयमा १ महिनादेखि पीडितहरुको सहजताका लागि निःशुल्क ठाडो निवेदन प्रहरी खटिएर लेख्ने गरेको र नागरिक सहजकर्ता प्रहरी मूल गेटमै नागरिकको समस्या सोधेर छिटो छरितो समाधान गर्ने तर्फ अग्रसर हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) योगेन्द्र सिंह थापाले बताए।

जनताले प्रहरी देख्ने बित्तिकै अर्कै ढंगबाट हेर्ने विगतको अवस्थालाई अभियानले हटाउने र प्रहरीसँग जनता नजिक हुने नागरिक सहजकर्ता कार्यक्रम प्रभावकारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्री जिसीले बताए।

‘नागरिकले सेवा लिँदा कुन प्रहरीलाई सोध्ने भनेर विगतमा अलमल हुने गरेको थिए।’ आन्तरिक मामिला तथा कानुन मन्त्री जिसीले भने, अब, यो कार्यक्रम पछि नागरिक सहजकर्ता लेखेको ब्यानरसहितका प्रहरीले विगतजस्तो अलमल नहुने र उनीहरुको गुनासा सिधा राख्ने र कार्यान्वयन हुनेछ।’

शान्ति सुरक्षा सुधारका लागि सुरु गरेको अभियान अन्तर्गत नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख भीम प्रसाद ढकालले बताए।

‘जनताबाटै आएको सुझाव अनुसार नागरिक सहजकर्ता प्रहरी परिचालन कार्यक्रम शुभारम्भ गरेको हौँ।’ प्रदेश प्रहरी प्रमुख ढकालले भने, प्रहरीमा आउने नागरिकहरुले कुनै पनि काम पर्खिनु नपर्ने, कसैलाई बोलाउनु नपर्ने र सहजकर्ताले नागरिकको गुनासो सहज रुपमा समाधान गर्न सम्बन्धित अधिकारीसँग समन्वय गर्नेछ।’

सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदेशभर ग्रामीण बस्तीसम्म प्रहरीले गरेको सुझाव सङ्कलनमा १४ विषयको ७८ वटा कार्यक्रम तय भएका छन्। ती कार्यक्रम अन्तर्गत नागरिक सहजकर्ता प्रहरी परिचालन एक रहेको प्रहरी अधिकारीहरु बताउँछन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत अध्यक्ष ललित बस्याल, राजनीति दलको तर्फबाट नेपाली काँग्रेसका उपसभापति टोपबहादुर रावतले जनताको सहजताको लागि अभियान निकै राम्रो हुने भन्दै मासिक रुपमा समीक्षा गर्न समेत सुझाव दिएका थिए।

प्रकाशित: २ जेष्ठ २०८० ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App