१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा

जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ। उक्त वडालाई मंगलबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ।

स्थानीयले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताए। धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझ्न बर्तमान समयको माग भएको स्थानीयहरु बताउँछन्।

उक्त पालिकामा ९ वडा छन्। पहिलोपटक ६ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको तिला गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बताइन्। यो वडाभित्र घोडेमहादेव, सुडी र रिपी गाउँमा २ सय ५ घरधुरी छ। 

यसअघि पहिलोपटक जुम्लाको पातारासी गाउँपालिका-५ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो। गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले ६ वडा बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्थानीयले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए। यो वडालाइ पालिका बाट पुरुस्कृत गर्ने बताए। यदि कानुन अनुसार बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताए। गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाथोकीले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताइन्।उनले केही वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै तिला गाउँपालिकालाई पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता व्यक्त गरीन्। गाउपालिका- ६ को बिभिन्न टोलमा गरिएको सर्भेक्षणको आधारमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका-६ का वडाध्यक्ष जंगबहादुर रोकायाले बताए। वडामा गरिएको सर्बेक्षण अनुसार २० प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो।

प्रकाशित: २८ वैशाख २०८० ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App