४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आज गण्डकी र कर्णालीमा क्षणिक वर्षाको सम्भावना

हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । शुक्रबार भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २८ वैशाख २०८० ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App