१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पत्रकार महिलाको मेची-महाकाली साइकलयात्रा

दलितमाथि हुँदै आएका सबै खाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मंगलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ।

यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, संगीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गरेका थिए। मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उनीहरूले यात्रा पूरा गरेका हुन्।

रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुन्। अर्घाखाँचीकी संगीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुन्।

‘सबै खाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ नाराका साथ तीनै जनाले साइकलयात्रा गरेका हुन्। साइकलमा उनीहरूले राष्ट्रिय झन्डा फहराएका थिए भने विभिन्न जिल्लामा जातीय छुवाछूत लगायत विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेका थिए।

साइकल यात्री बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आए पनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता तथा आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गरे। साइकलयात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उनको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०८० ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App