१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा बढ्यो आगलागीका घटना

फाइल तस्बिर

सर्लाहीमा लगातार आगलागीका घटना भइरहेका छन्। गत आइतबार सर्लाहीको बरहथवा नगरपालिका र धनकौल गाउँपालिकामा आगलागी भएको थियो। यसै गरी सोमबार बलरा नगरपालिकामा आगलागीको घटना भएको छ।

बलरा नगरपालिका ११ छतौनाका गाजा सहनीको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। आगलागीले सहनीको घर पूर्ण रुपमा नष्ट हुनुका साथै दुई छिमेकीको घरमा पनि आंशिक क्षति पुर्‍याएको छ। विद्युत सर्ट भई लागेको आगलागीले सहनीको घरमा करिब १५ लाखको क्षति पुर्‍याएको छ।

सहनीको घरमा रहेको लत्ताकपडा, कागजपत्र, भाँडावर्तन, खाद्यान्नसहित सम्पूर्ण सामग्री नष्ट भएको छ। आगलागीमा परेर घरधनी सहनी पनि सामान्य घाइते भएका छन् ।

सर्लाही जिल्लाको उत्तरी भेगमा एउटा दमकल भएको कारण आगलागीको घटना हुँदा ठूलो क्षति हुँदै आएको छ। सर्लाहीमा दमकलको अभाव हुँदा सर्वसाधारणले ज्यान जोखिममा पारेर आगोलाई नियन्त्रण गर्ने प्रयास गर्ने गरेका छन्। 

प्रकाशित: २६ वैशाख २०८० १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App