१६ चैत्र २०८० शुक्रबार
समाज

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

विराटनगर महानगरपालिका–८ का २४ वर्षीय प्रवेश बस्नेतले बेलबारीकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। बेलबारीकी बोली नआउने १७ वर्षीया किशोरीलाई आइतबार राति साढे ९ बजेतिर बस्नेतले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बस्नेत विराटनगर–बाहुनी चल्ने यात्रुबहाक बसका सह–चालक हुन्। उनले आइतबार राति किशोरीको घर नजिकको मकैबारीमा लगेर बलात्कार गरेको खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘बाहुनी पुगेपछि बसलाई पार्किङ स्थलमा राखी चालक खाना खान होटल गए। सह–चालक बस्नेतले भने पैसा दिने प्रलोभन देखाउँदै किशोरीलाई मकैबारीमा लगेर बलात्कार गरेको पाइयो।’

इलाका प्रहरी कार्यालय बेलबारीमा बस्नेतविरुद्ध पीडित किशोरीका बुवाले सोमबार किटानी जाहेरी दिए। बस्नेतलाई पक्राउ गरी उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८० १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App